जसपाबाट वडाअध्यक्षका उम्मेदवारसहित ५०० बढी कांग्रेस प्रदेश

by समतल अनलाइन

भैरहवा ।गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टीका तर्फबाट ओमसतिया गाउँपालिका वडा नम्बर २ मा अध्यक्षको उम्मेदवार रहनुभएका रबी साहनी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

आज पडसरीमा आयोजित कार्यक्रममा साहनीसहित पाँच सय बढी कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी सदस्यता प्रदान गर्नुभयो ।

पार्टी प्रवेश गरेपछि साहनीले आफूलाई कांग्रेसको नीति, सिद्धान्त र जोजना मन परेर पार्टी प्रवेश गरेको र क्रियाशील भएर लाग्ने बताउनुभयो ।

रुपन्देही क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहनुभएका खाणले साहनीलाई पार्टीले उचित जिम्मेबारी दिने बताउनुभयो ।

 
 
  
 

You may also like