माधव नेपाललाई ओलीको आग्रह : एमालेमै फर्कनुस्, महत्वपूर्ण जिम्मेवारी दिन्छौं

by समतल अनलाइन

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गरेका छन् ।

सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एमालेमै फर्कन आग्रह गरेका हुन् ।

एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलो पटक आग्रह गरेका हुन् । तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गरेका हुन् ।

उनले एमाले फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिने समेत बताए । तर, यसका लागि विगतमा भएका गल्ती सच्याउनु पर्ने अध्यक्ष ओलीको शर्त छ । विगतमा भएका गल्ती सच्याएर एमालेमा आएमा अध्यक्ष नेपाललाई विगतका तिता कुरा बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन एमाले तयार रहेको ओलीको भनाइ छ ।

 
 
  
 

You may also like