धादिङमा धान–पराल बोकेको बोलेरो दुर्घटना, एकको घटनास्थलमै मृत्यु, ६ जना घाइते

by समतल अनलाइन

धादिङ । धादिङमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका–४ टारीस्थित भित्रि सडकखण्डमा उक्त दुर्घटना भएको हो ।

प्रहरी चौकी साँधभञ्ज्याङका अनुसार टारीबाट अर्याल गाँउतर्फ आउँदै गरेको ग १ ज ५५८० नम्बरको धान, पराल बोकेको बोलेको दुर्घटना भएको हो । दुर्घटनामा परी ज्वालामुखी–४ का ३५ वर्षीय उत्तम अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बोलेरो चालकसहित अन्य ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा ज्वालामुखी–४ अर्याल गाउँका बोलेरो चालक २० वर्षीय समिर गदेल, सोही स्थानका ३१ वर्षीय प्रकाश अर्याल, ३८ वर्षीय सोमबहादुर दुवाडी, ४२ वर्षीय रामबहादुर बिक, ५२ वर्षीय किसन बिक र १५ वर्षका प्रितम गदेल रहेका छन् ।

 
 
  
 

You may also like