रुपन्देही-२ मा निकोलसको पार्टीले स्वतन्त्र उम्मेद्वार रुपसिंह थापालाई समर्थन गर्ने

by समतल अनलाइन

बुटवल । आगामी मंसिर ४ को निर्वाचनका लागि रुपन्देही -२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रुपसिंह थापालाई हाम्रो नेपाली पार्टीले समर्थन गर्ने भएको छ । उक्त पार्टीको लौरो चिन्ह लिएर उम्मेद्वार बनेका कमल भुसाल निकोलसको उम्मेदवारी खारेज भएपछि थापालाई सहयोग गर्ने सहमति भएको लुम्बिनी प्रदेश संयोजक इसा खड्काले बताइन् ।

उम्मेदवार थापाले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक खड्काले स्वतन्त्रहरुलाई नै जिताउने आफूहरुको अभियान भएकाले थापालाई मतदान गर्न आग्रह गरिन्। सो अवसरमा बोल्दै उम्मेदवार थापाले रुपन्देही-२ मा आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

सत्तारुढ गठबन्धनप्रति टिप्पणी गर्दै थापाले सत्ता स्वार्थका लागि दलहरुले जनतालाई दल छनोट गर्ने अवसरबाट निषेध गरेको आरोप लगाए । ‘यो गठबन्धन होइन, ठगबन्धन् हो ।’(थापाले भने, सबैले बुझिसकेका छन् मंसिर(४ मा जनताले निर्णय गर्छन् ।

 
 
  
 

You may also like