रुपन्देही ३ मा स्वतःस्फूर्त कांग्रेस प्रवेश गर्ने बढे

by समतल अनलाइन

गृहमन्त्री खाणलाई पार्टीमा स्वागत गर्न भ्याइनभ्याई
भैरहवा।रुपन्देही निर्वाचन क्षेत्र नंम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार भएपछि युवाहरु स्वतस्फूर्त नेपाली कांग्रेस प्रवेश गर्ने क्रम तिव्ररुपमा बढेको छ ।

पछिल्लो एक हप्तामा हरेक दिन साँझ नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी(जसपा)बाट युवाहरु स्वतस्फूर्त पार्टी प्रवेशका लागि निवासमा आउने गरेका छन् ।

कांग्रेस केन्द्रय सदस्य तथा प्रतिनिधि सभाका उम्मेदवार खाणलाई दिनभर घरदैलो कार्यक्रम तथा चुनावी कार्यक्रम भ्याएर साँझ निवासमा आइपुुग्दा अन्य पार्टीबाट नेपाली कांग्रेस प्रवेश गरेकाहरुलाई सदस्यता प्रदान गरी स्वागत गर्न भ्याइनभ्याई हुन्छ । दिनभरका चुुनावी कार्यक्रममा पनि अन्य पार्टीबाट कांग्रेस प्रवेश गरी खाणका हातबाट सार्टी सदस्यता लिने युवाहरुको लहर नै देखिन्छ ।

बुधबारमात्रै जसपाका जिल्ला कोषाध्यक्ष श्यामबहादुुर चौधरीलाई पार्टीमा स्वागत गर्नुभएका खाणले हरेक दिन अन्य पार्टीका जिल्ला, स्थानीय तह र वडा स्तरका पदाधिकारी र सदस्यलाई पार्टीमा स्वागत नगरेको दिनै हुन्न ।

बिहीबार गत स्थानीय निर्वाचनमा राप्रपाबाट वडा सदस्यको उम्मेदवार बन्दै लोकप्रिय मत ल्याउन सफल पूर्णमाया थापा क्षेत्री, राप्रपा सिद्धार्थनगर नगरपालिका वडा नं ९ का वडा सदस्यहरु अवदेश चौधरी, डिल्लीराज पौडेल र सुनिल जैसवाल तथा नेकपा एमालेका निराजन क्षेत्री, स्नेहा घले, कल्पना जिसी सहितका सिद्धार्थनगर नगरपालिका वडा नम्बर, १, २ ३, ४, ८ र ९ चार सय बढीलाई पार्टी सदस्यता प्रदान गरी पार्टीमा स्वागत गर्नुभयो ।

त्यस्तै कात्तिक २३ गते दुुई सय, २२ गते दुुई सय, २१ गते एक सय, २० गते एक सय र १९ गते ५० बढी युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् ।
पाँच दलीय गठबन्धनबाट गृहमन्त्री खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार भएपछि अहिलेसम्म चार हजार बढी नेपाली कांग्रेसमा प्रवेश गरिसकेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिनुुभयो । ‘यो पटक रुपन्देही क्षेत्र नम्बर ३ मा कांग्रेस प्रवेश गर्ने लहर चलेको छ,’ क्षेत्रीय सभापति गुरुङले भन्नुभयो, ‘पार्टी प्रवेश गर्नेको लहर हेर्दा हाम्रो जित सुनिश्चित छ ।’

उहाँका प्रतिष्पर्धीले आफ्नै कार्यकर्ता जोगाउन नसकिरहेका बेला खाणसँग भने नेपाली कांग्रेस प्रवेश गरेर फोटो र सेल्फी खिचाउन युवाहरुको लावालस्कर लागिरहेको छ । यसले उहाँका पक्षमा जनलहर बढेको पुष्टि गर्छ । यतिसम्मकी आफ्नै निवास रहेको सिद्धार्थनगर नगरपालिकाका राप्रपाका सभापति इञ्जिनियर चन्द्रभक्त श्रेष्ठलाई पनि गृहमन्त्री खाणका प्रतिष्पर्धी दीपक बोहोराले बचाउन सकेनन् । इञ्जिनियर श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेर खाणसँगै घरदैलो र औपचारिक कार्यक्रममा हिडिरहनुभएको छ ।

राप्रपा नेता बोहोरा एमालेको समर्थनमा रुपन्देही क्षेत्र नं ३ मा प्रतिनिधि सभामा खाणसँग प्रतिष्पर्धा गरिरहनुभएको छ ।

खाणले दिनमा बिहानदेखि साँझसम्म आधा दर्जन बढी औपचारिक कार्यक्रममा सहभागिता जनाइरहनुभएको छ । स्वतःस्फूर्त सामाजिक संघसंस्थाहरुले शुुभकामना दिन र समस्या राख्न आमन्त्रण गरिरहेकाले गृहमन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार खाणलाई समय व्यवस्थापन गर्न हम्मेहम्मे भइरहेको क्षेत्रीय सभापति गुरुङले बताउनुभयो ।

 
 
  
 

You may also like