रुपन्देहीको फर्साटिकरमा एक विद्यार्थीद्वारा आत्महत्या

by समतल अनलाइन

रुपन्देही। रुपन्देहीको फर्साटिकरमा एक विद्यार्थीले बुधबार आत्महत्या गरेकि छन् । प्युठान जिल्ला ऐरावती गाउपालिका वडा न.५ घर भइ हाल शुद्धोधन ४ फर्साटिकरमा कोठा भाडामा बस्दै आएकी १८ वर्षकि शिल्पा ज्ञवालीले कोठामा दिउँसो आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

कोठामा तन्ना प्रयोग गरि पङ्खामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन।

मृतक ज्ञवाली यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा ब्यवस्थापन संकायको प्रथम वर्षमा अध्ययनरत थिइन ।

गत वर्ष फर्साटिकर माविको कक्षा १२ को नतिजामा उनी सर्वौउत्कृष्ट भएकि थिइन ।पढाइमा अब्बल विद्यार्थी उनी के कारणले आत्महत्या गरिन भन्ने अझै खुल्न सकेको छैन।

 
 
  
 

You may also like