प्युठानमा जिप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु, १२ घाइते

by समतल अनलाइन

प्युठान । प्युठानमा जिप दुर्घटना भएको छ । प्युठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा जुनकी र मैमा घर्तीको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

जिप मंगलबार मध्यरात दुर्घटनामा परेको हो ।

 
 
  
 

You may also like