कन्चन बाँध सिंचाई आयोजना क्षेत्र नं. ५ का जनताको सपना

by समतल अनलाइन

सिंचाई आयोजनामार्फत कृषिमा कायापलट गर्न साहलाई जिताउने प्रतिवद्धता
रुपन्देही । कन्चन बाँध सिंचाई आयोजना रुपन्देही क्षेत्र नं. ५ का जनताका लागि कुनै समय सपना थियो । अहिले त्यो आयोजना निर्माण भएर सञ्चालनमा आएको छ । क्षेत्र नं. ५ का कृषकहरुका लागि एकादेशको सपना जस्तै बनेको उक्त आयोजना सन्चालनमा आएको छ ।
स्थानीय कृषकहरुले आफूहरुको सपना प्रोजेक्ट रहेको कन्चन बाँध निर्माणको नेतृत्व गर्ने भरतकुमार शाहलाई जिताउने प्रतिवद्धता जनाएका छन ।

विगत तीन दशकदेखि रुपन्देही क्षेत्र नं. ५ को विकासको नेतृत्व गरिरहेका शाहले यस क्षेत्रमा धेरै विकासका काम गरिसक्नु भएको छ । त्यसमाथि हजारौं कृषकहरुको मुहार बदल्ने कन्चन सिंचाई आयोगजना निर्माणले यहाँका कृषक खुसीमात्र छैनन, त्यसको नेतृत्वकर्ता शाहलाई जिताउने प्रतिवद्धता जनाएका छन ।

शाहकै अग्रसरता र नेतृत्वमा १२ करोड ७६ लाख २८ हजार ६ सय ५५ रुपैयाको लागतमा आयोजनाको निर्माण सम्पन्न भएको हो ।
उक्त आयोजनाको तीन महिनाअघि शाहले नै उदघाटन गर्नुभएको थियो । अहिले आयोजनाबाट गैडहवा गाउँपालिकामा रहेको गैडहवा तालमा पानी पु¥याउने र त्यहाँबाट सिंचाई योजनाहरु संचालन गर्ने आयोजनाको मूख्य उद्देश्य पूरा भएको छ ।

अहिले उक्त आयोजनाको पहिलो फेजको काम सम्पन्न भएको र बाकी काम सम्पन्न गर्नको लागि भरत शाहलाईनै यस पटक बिजयी बनाउनु पर्ने स्थानियहरुको भनाई रहेको छ ।

उक्त आयोजनाको दोस्रो फेजको काम सम्पन्न भए पश्चात गैडहवा, लुम्विनी र कन्चन र मायादेवी गाउँपालिकाका हजारौं कृषकको खेतमा सिंचाईको सुविधा उपलब्ध हुनेछ ।

शाहले आफ्नो क्षेत्रमा धेरै पुल र सडकहरु बनाएको स्मरण गर्दै तराईमा सिंचाईको अभावका कारण खेतहरु बाँझो भैरहेकोले आफूले धेरै मेहनत र प्रयास गरेर बजेट पार्न सफल भएको र आयोजना उदघाटनपछि सञ्चालन भएको सुन्दा खुसी लागेको बताउनु भयो ।
सिंचाईको अभावमा आकासको भरमा खेती गर्न बाध्य क्षेत्र नं. ५ का स्थानीय जनताका लागि कञ्चन बाँध बरदान सावित भएको छ । शाहले भन्नुभयो– विकासमा सधै अगाडी रहेको रुपन्देही ५ अव कृषिमा सिंचाईको सम्मृद्धिले झनै अब्बल बन्नेछ ।
स्थानीय जनताले कन्चन सिंचाई आयोजना संचालन गरेर हजारौ कृषकको सम्मृद्धिको ढोका खोल्न सहयोग पु¥याउने शाहलाई कुनैपनि हालतमा विजय बनाएरै छाड्ने प्रतिवद्धता जनाएका छन ।

सिंचाई विना अन्न उत्पादन हुन सक्दैन, त्यसैले अन्य भौतिक पूर्वाधार जस्तै सिंचाईपनि उत्तिकै महत्वपूर्ण छ । शाहले अरु विकासका काम त गर्नुभएको थियो, कृषकको दुःख र पीडालाई सम्झेर आयोजना निर्माणमा योगदान दिनुभएको छ । त्यसैले यो बर्ष उहाँलाई नै मतदान गरेर विजयी वनाउनु पर्ने यहाँका कृषकहरुले प्रतिवद्धता जनाएका छन

 
 
  
 

You may also like