तान्जानियामा विमान दुर्घटना : १९ जनाको मृत्यु, २४ जनाको उद्धार

by समतल अनलाइन

काठमाडौं । अफ्रिकी देश तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गएको छ । २४ जनाको उद्धार गरिएको छ । दार–एस–सलामबाट उत्तरी क्षेत्र बुकोबाका लागि उडेको विमान भिक्टोरिया लेकमा दुर्घटनामा परेको हो ।

अवतरणको समयमा विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा ४३ जना यात्रु थिए । पानीमा डुबेको विमानबाट फसेकाहरुलाई निकाल्न उद्धारकर्ताहरुलाई माझीहरुले सहयोग गरेका थिए ।

बुकोब विमानस्थलको एउटा धावनमार्गको अन्तिम बिन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ । आँधी र ठूलो वर्षाका कारण त्यहाँ विमान दुर्घटनामा परेको खबरमा उल्लेख छ ।

 
 
  
 

You may also like