रुपन्देही–१ का ३३ वटै वडामा पाँच दलिय गठबन्धनको संयुक्त कार्यालय उद्घाटन

by समतल अनलाइन

देवदह । सत्तारूढ पाँच दलिय गठबन्धनले रुपन्देही क्षेत्र नं। १ का ३३ वटै वडामा संयुक्त सम्पर्क कार्यालय उद्घाटन गरेको छ । चारदिन अघि कात्तिक १२ गते रोहिणी गाउँपालिका वडा नं। १ दुगौलीबाट सुरू भएको कार्यालय उद्घाटन कार्यक्रम बुधबार देवदह वडा नं। ३ को सुर्यपुरामा कार्यालय उद्घाटनसंगै सकिएको हो ।

सम्पर्क कार्यालय उद्घाटन गर्दै पाँच दलिय गठबन्धनको समर्थनमा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले संविधानको रक्षा र यस क्षेत्रको विकासका लागि गठबन्धनले जित्नुपर्ने बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि आक्रमण गरेपछि ५ दलिय गठबन्धन बनेको उल्लेख गर्दै भुसालले परिवर्तनलाई संस्थागत गर्न र देशलाई आर्थिक विकासको दिशामा अगाडि बढाउन संविधानको रक्षा अनिवार्य सर्त रहेको धारणा व्यक्त गरे ।

देवदहलाई युनेस्कोमा दर्ता गर्नकालागि पहल गर्ने र बुद्ध मावलीको रूपमा त्यसको संभावना पनि रहेको उल्लेख गर्दै उनले रूपन्देही(१ को विकासका लागि स्रोत र साधनको कमि हुन नदिईने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरि रुपन्देही क्षेत्र नम्बर १९२० का प्रदेश सभा सदस्य पदका उम्मेदवार अब्दुल रज्जाकले मतदातालाई कुनै पनि प्रलोभनमा नपरी मतदान गर्न आग्रह गरे । मासु र रक्सीसङ्ग भोट साट्ने उम्मेदवारले देश विकास भन्दा पनि विनासको बाटोमा लैजाने भन्दै त्यस्ता उम्मेदवार सङ्ग सजक रहन अनुरोध गरे ।

आन्दोलन, त्याग र बलिदानबाट बनाइएको संविधान विपरीत कार्य गर्नेले जनताको काम गर्न नसक्ने बताउदै उनले जनताको हरेक सुखदुःख र विकास निर्माणमा नेपाली काङ्ग्रेस सदैब जनताको साथमा रहेको बताए। अहिलेको निर्वाचन विकासवादी र गफ मात्र गर्नेको बिचमा भएको तर्क गर्दै उनले जनताको मर्म बुझ्ने र जनताको साथमा रहने नेतालाई चुन्ने कि चुनावको बेलामा भोट माग्न आउने र अरु बेला सम्पर्कबिहिन हुने नेतालाई चुन्ने भनेर विचार मतदाताले विचार गर्नुपर्ने बताए ।

सोही क्रममा रुपन्देही क्षेत्र नं १९१० प्रदेश सभा सदस्य पदका उम्मेदवार बिश्वनाथ यादवले भुमिहिनको समस्या समाधान र क्षेत्र नं १ को भौतिक विकासका लागि गठबन्धनका उम्मेदवारहरु अग्रपंक्तिमा रहेर काम गर्ने बताए। गठबन्धनको एकतामा इमानदारिता रहेको बताउँदै उनले गठबन्धनका उम्मेदवारहरुलाइ जनताले निर्धक्क साथ बिस्वास गर्न र मतदान गर्न जनतालाइ आग्रह गरे ।

 
 
  
 

You may also like