ओलीलाई सुधार्नु ुबालुवा पेलेर तेल निकाल्नुु सरह होः घनश्याम भुसाल

by समतल अनलाइन

रुपन्देही । त्रिभुज चिन्ह लिएर रुपन्देही(१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुधार्ने प्रयास असफल भएपछि आफुले एमाले छोडेको बताएका छन् । मंगलबार देवदहमा गठबन्धनको वडा कार्यालय उद्घाटन गर्दै भुसालले ओलीलाई सुधार्नु भनेको बालुवा पेलेर तेल निकाल्नु सरह भएको टिप्पणी गरे ।

ओलीले देशको संविधानमा आगो लगाउन थालेपछि पाँच दलिय गठबन्धन बनेको र गठबन्धनले नै लोकतन्त्र र संविधानको रक्षा गर्ने उनको तर्क दावी छ । ूएमाले, राप्रपा र जसपाको गठबन्धन चुनाव जित्ने उद्देश्य बनेको हो भने हाम्रो गठबन्धन संविधानको रक्षा र विकासको लागि बनेको हो।ू उनले भने, ूओलीजीले झापा क्षेत्र नं। ५ जित्नैपर्ने भएको हुनाले उहाँले राप्रपासंग गठबन्धन गर्नुभएको हो ।ू

भुसालले देवदह यस क्षेत्रको नेता पालिका भएकोले रूपन्देही(१ को विकासको नेतृत्व देवदहले गर्नुपर्ने बताए । रोजगारी र विकास अबको एजेन्डा हुने बताउँदै उनले अब देवदहको प्रतिस्पर्धा बुटवल र आसपासका शहरसंग हुने र विकासमा देवदहले नयाँ फड्को मार्ने दावी गरे । जनताको प्राथमिकताका आधारमा चौतर्फी विकास गर्न पाँच दलिय गठबन्धनलाई मतदान गर्नुपर्ने उनको भनाइ छ ।

त्यसैगरि बाम लोकतान्त्रिक गठबन्धनको तर्फ बाट क्षेत्र नम्बर १ ९१० मा उम्मेदवारी दिएका काँग्रेस नेता विश्वनाथ यादवले आफुले बोलेको कुरा व्यहारमा उल्लेख गर्ने बताउंदै आफ्नो मुख्य प्राथमकिता अव्यवस्थित बसोबासी र सुकुम्बासी समस्या रहेको बताए।

सोहि कार्यक्रममा बोल्दै क्षेत्र नम्बर १ ९२० का उम्मेदवार अब्दुल रज्जाकले कांग्रेस विकासप्रेमी पार्टी रहेको बताए। संबिधान र लोकतन्त्र रक्षाका लागि बाम लोकतान्रिक गठबन्धन आवश्यक रहेको र बाँकी रहेको विकास निर्माणका अधुरा कार्यहरु गठबन्धन सरकारले गर्ने नेता रज्जाकको भनाई थियो।

बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ को ३३ ओटै वार्डमा वडा सम्पर्क कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत आज देवदह,रोहिणी र तिलोत्तमा गरि ७ वटा वडामा सम्पर्क कार्यालय स्थापना गरेको छ।

रुपन्देही क्षेत्र नं। १ मा झण्डै ४ दर्जन उम्मेदवार चुनावी मैदानमा छन् भने प्रतिनिधि सभा सदस्य पदमा मात्रै २१ जनाको उम्मेदवारी परेको छ । सत्तारू गठबन्धनका घनश्याम भुसाल, एमाले नेतृत्वको एमाले, राप्रपा र जसपाको गठबन्धनला छविलाल विश्वकर्मा, स्वतन्त्र उम्मेदवार टिकाराम चापागाईं निर्वाचनमा मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

 
 
  
 

You may also like