एमालेले २५ लाख पर्यटक भित्र्याउने, पदयात्रा–हिमाल आरोहण केन्द्रित कार्यक्रम ल्याउने

by समतल अनलाइन

काठमाडौं । नेकपा एमालेले ५ वर्ष भित्र वार्षिक २५ लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । मंसिरमा हुने निर्वाचनको लागि सार्वजनिक गरिएको घोषणामा २५ लाख पर्यटक पुर्‍याउने लक्ष्य राखेको छ ।

नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने उल्लेख गर्दै विश्व बजारमा पर्यटकीय गन्तव्यको प्रचार–प्रसार गरिने गर्ने जनाएको छ ।

नेपाली कूटनीतिक नियोगहरूलाई पर्यटन प्रवर्द्धनमा परिचालन गर्ने प्रतिबद्धता जनाएको छ । पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधारहरू निर्माण तथा सुधार गरिने उल्लेख छ ।

पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापनासहित आवश्यक व्यवस्था गरिने उल्लेख छ । पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण जनाएको छ ।

 
 
  
 

You may also like