पश्चिमी वायुको प्रभाव : कहाँ–कहाँ छ आज वर्षाको सम्भावना ?

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने आंकलन गरिएको छ ।

राति प्रदेश–१, गण्डकी र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश–१, बागमती, गण्डकी र कर्णालीका पहाडी भू–भागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like