बालिका बलात्कार गरी फरार व्यक्ति १० वर्षपछि पक्राउ

by समतल अनलाइन

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा ९ वर्षीया बालिकालाई १० वर्षअघि जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।

वि.स. २०६९ साल कात्तिक २६ गते शितगंगा नगरपालिका–६ साविक जुकेना गाविस– ७ का शालिकराम थापाले स्थानीय ९ वर्षीया कमला थापा (नाम परिवर्तन) लाई जबरजस्ती करणी गरी फरार रहेका थिए । थापालाई २०६९ कात्तिक २६ गते हाडनातामा जवरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ वर्ष कैद सजाय सुनाएको थियो ।

जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त थापा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताए । शितगंगा नगरपालिका–४ चाक्लामा लुकीछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी निरीक्षक होमनाथ रेग्मीसहितको टोलीले पक्राउ गरेको हो ।

 
 
  
 

You may also like