विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने

by समतल अनलाइन

काठमाडौँ । विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा–कुवेत उडान शुरु गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा–कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ । उक्त विमानस्थलबाट अबदेखि दुई वटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् ।

यसअघि जजिरा एयरवेजले भैरहवा–कुवेत उडान सुरु गरेको थियो। विमानस्थल सञ्चालनमा आएको पाँच महिनापछि यो विमानस्थलमा अक्टोबर ३० तारिखदेखि अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने जनाइएको छ ।

 
 
  
 

You may also like