कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । जसकाण पश्चिमी पहाडी बाहेक देशभरको मौसम सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहने आंकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।

मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like