भैरहवा । सिद्धार्थनगर नगरपालिका सहकारी शाखाका प्रमुख कमलकान्त खनालले सहकारी प्रति सदस्यहरुको बुझाईमा रहेको भिन्नता सहकारीमा देखिएको मुख्य समस्या रहेको बताएका छन ।
अभिरुची बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधरण सभामा बोल्दै प्रमुख अतिथी समेत रहेका खनालले सहकारी प्रणाली सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको लागी गरिने सहकार्य भएता पनि यसको आर्थिक पक्षलाई मात्र केन्द्रमा राखि सहकारीलाई बैक संग तुलना गर्न खोज्दा सहकारीले आफ्नो मौलिकता गुमाएको बताए ।
नचिनेको संस्थामा आवद्ध हुने, संस्था र संचालक वारै जानकारी नराख्ने र बढी व्याजको लोभमा बजार प्रतिनिधिको भरमा पैसा जम्मा गर्ने प्रवृत्ति भएका व्यक्तिहरु बढी जोखिममा रहेको उनले भने । सिद्धार्थनगर नगरपालिका संस्थाहरुको सुद्ढीकरण र आर्थिक सुशासन कायम गराउन प्रतिवद्ध रहेको र चालू आ व मा समेत सहकारी लक्षित कार्यक्रमहरु संचालन गर्न लागिएको सहकारी शाखाका प्रमुख खनालले भने ।
कार्यक्रममा बोल्दै बक्ताहरुले सहकारीमा मर्जको अवधारणा अंगिकार गर्दै धेरै भन्दा धेरै सदस्यलाई समेट्नु पर्ने जरुरी रहेको बताए । बचत तथा ऋण लगानीमा केन्द्रित नभई सहकारीले उत्पादनशील क्षेत्रमा दीर्घकालिन योजना बनाएर जानु पर्ने , सहकारीलाई उत्पादन पुजँीमा परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने भएकोले बहुबर्षिय कार्ययोजना बनाएर लगानी गर्न आग्रह गरे ।
सहकारीले सदस्यहरुको क्षमताबृद्धि, जिवन यापनमा सहजता , आय आर्जन बढाउन र नेतृत्व विकास बृद्धि गर्दै गुणस्तरमा पनि सहयोग पु¥याउदै आएको संस्थाका अध्यक्ष जीवन प्रकाश पाण्डेले बताए । अहिले वित्तिय क्षेत्र संकटमा रहे पनि यस सहकारीमा तरतला व्यवस्थापन गर्न चुनौती को रुपमा रहेको छ । संस्थाले उत्पादनशील, रोजगारी र व्यवसाय क्षेत्रमा लगानी गरेर देशको आर्थिक संकटमा सहयोग पु¥याउन सकिने बताउदै अध्यक्ष पाण्डेले सहकारीको करोबार व्यवस्थित गर्दै लगिरहेकोले समपुर्ण शेयर सदस्य सक्रिय भएर लाग्न आग्रह गरे । साधारण सभाले विभिन्न ९ वटा प्रस्तावहरु पारित गरेको छ ।
सहकारीमा सँख्यात्मक रुपमा केही सदस्य भएपनि सुचकको आधारमा संस्था बलियो छ । १२ वर्ष अधि स्थापित संस्थाले सहकारीले मासिक बचत, बाल बचत, चाडपर्व बचत, साधरण बचत, आल्पकालिन कर्जा, साधारण कर्जा, सदस्यको स्वास्थय तथा दुर्घटना विमा, सम्मान लगायतका कार्यक्रम गर्दै आएको छ ।
संस्थाका अध्यक्ष जीवनप्रकाश पाण्डेले संस्थाको वर्ष भरिको गतिविधी, बजेट तथा कार्ययोजना , लेखा तथा सुपरिवेक्षण समिति संयोजक मोहम्मद सलिमले आ.व.को लेखा परीक्षण प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०६७ सालमा ४४ जनाबाट स्थापना भएको संस्थामा हाल ११० जना महिला सहित २ सय ५८ सदस्य रहेका छन । संस्थाको कुल शेयर पूजीँ २ करोड ४६ लाख रहेको छ । संस्थाले यस वर्ष मात्रै ५ करोड ११ लाख बढि ऋण लगानी गरेको छ । सस्थाको सचिव उमेश भट्टराईको संचालन, उपाध्यक्ष टिकाराम भटराईको स्वागत तथा अध्यक्ष पाण्डेको धन्यवादमा कार्यक्रम सम्पन्न भएको थियो ।