ओमसतियामा अपाङ्गता परिचयपत्र सम्बन्धि अभिमुखीकरण

by समतल अनलाइन

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा शुक्रबार अपाङ्गता परिचय पत्र वितरण सम्बन्धि जनप्रतिनिधि तथा सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

ओमसतिया गाउँपालिकामा रहेको बिभिन्न अपाङ्ग ब्यक्तिहरुलाई परिचय पत्र प्राप्त गर्न सहज पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । अपाङ्गता अधिकार सम्बन्धि अन्र्तराष्ट्रिय महासन्धिहरुमा नेपालले पनि हस्ताक्षर गरेको हुदा यसको पूर्ण परिपालनमा गम्भिर हुनु पर्ने कार्यक्रमका वक्ताहरुको भनाई थियो । कतिपय अवस्था अपाङ्गको नाममा गैर अपाङ्ग अथवा अपाङ्गताको गम्भिर श्रेणीमा नपर्नेहरु पनि प्रभावमा पारी परिचय पत्र बनाई दुरुपयोग गरेको हुदा यस्ता गतिविधिबाट जोगिनु पर्ने उनिहरुको धारणा रहेको थियो ।

स्थानिय तहको दोश्रो निर्वाचन पछि पालिकामा नया वडा अध्यक्षहरुलाई अपाङ्गता परिचय पत्र वितरणमा बिशेष ख्याल गर्न सहजकर्ता सावित्रा घिमिरेले आग्रह गरिन । उनले सरकारले अपाङ्गताको परिभाषा र वर्गिकरणलाई फराकिलो बनाउदै १० प्रकारको अपाङ्गताको ब्यवस्था गरिएको जानकारी दिईन ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले नया जनप्रतिनिधि आएपछि अपाङ्गता भएका ब्यक्तिहरुको हितमा काम गरेको बताए । उनले सम्बन्धित वडा वा गाउँपालिकामा आउन नसक्ने अपाङ्गता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए । अन्य ब्यक्तिहरु सरह अपाङ्ग ब्यक्तिहरुको पनि हक अधिकार भएको र उनिहरुको हक अधिकार प्रति गाउँपालिका सजग रहेको उनले जनाए ।

ओमसतिया गाउँपालिकाको उपाध्यक्ष तथा अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिका संयोजक सुनिता चौधरीका अध्यक्षता एवम गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) को प्रमुख आतिथ्यतामाम सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी, ४ का अखिलेश्वर पाण्डे, ५ का मदन प्रसाद पोखरेल, अपाङ्गता समन्वय सिफारीस समितिका सदस्यहरु गंगा थापा, डा. परिवेश ज्ञवाली, रमादेवी अर्याल, अपाङ्गता भएका ब्यक्तिहरुको प्रतिनिधि सुनिल कुर्मी, साह आलम पठान लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मला पाण्डेले गरेकी थिईन ।

 
 
  
 

You may also like