डेगु र हिसा बिरुद्ध डाउनटाउनको सचेतना चलाउने

by समतल अनलाइन

बुटवल । रोटरी क्लब अफ बुटवल डाउन टाउनले बुटवल क्षेत्रमा बढ्दै गएको डेगु संक्रमणको बारेमा रोकथामका लागि सचेतना कार्यक्रम चलाउने भएको छ । शुक्रबार रोटरी क्लब अफ डाउनटाउनको ९ सय ९ नियमित बैठकमा क्लबका अध्यक्ष भरत बहादुर रानाले डेगु संक्रमण रोक्न सचेतनाका कार्यक्रम गरिने बताए । चिकित्सकहरुबाट अझै २ महिना बढी समयसम्म संक्रमण चल्ने बताएकाले पनि यसतर्फ आफुहरु लागेको बताए ।

यो संगै महिला हिसा, किशोरी सचेतना, स्वस्थ्य, शिक्षाको क्षेत्रमा योजनाबद्ध रुपमा कामहरु गर्ने उनले बताए । घरायसी कार्यमा ब्यस्त हुने महिलाहरुलाई आर्थिक आयआर्जनमा जोड्ने गरि चेलि कृषि सहकारी संस्थासंग सहकार्यमा बेसिक र एडभान्स सिलाइकटाइ कोर्ष संचालन गरेको भन्दै यसलाई निरन्तरता दिने समेत बताए । देवदहस्थित श्री जनप्रिय आधारभुत माविमा २ लाख ५० हजार रुपैया बराबरको कम्प्युटर ल्याब स्थापनाका लागि डिष्ट्रिक फण्डमा निवेदन गरिएको उनले बताए । पोखरामा भएको कार्यक्रमबाट नेपालका ३४ वटा क्लबसंग रोटरी क्लब अफ मद्रास सेन्टर आदित्यसंग सिस्टर क्लब रिलेसन बिस्तार गरि सामाजिक क्षेत्रमा भातृत्व विकास गर्दै अघि बढ्ने प्रतिवद्घता जनाएको उनले बताए ।
कार्यक्रममा ईलेक्ट प्रेसिडेन्ट कमला हमालले अहिलेको समयमा डेगी रोगको बारेमा सचेतना कार्यक्रम प्रभावकारी हुने भएकाले सहजिकरण गर्ने बताईन ।

कार्यक्रममा पुर्वअध्यक्ष भिमराज श्रेष्ठले नया सदस्य कमल नेपालको परिचय गराउदै जागिरबाट सफल ब्यवसायीसम्मको यात्रा प्रकाश पारे । नेपालले आफु क्लबमा सदस्य बनेर सामाजिक क्षेत्रमा योगदान दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा राजेन्द्र ढकाल, जीवन अधिकारी, बिमलराज भट्टराई, नोमिनि प्रेसिडेन्ट शिव ज्ञवाली, सचिव विष्णु प्रसाद भण्डारीले रोटरी अभियानमार्फत भातृत्व कायम गर्ने र सामाजिक उत्तरदायित्व विकास गर्न चलाएको बताए ।

 
 
  
 

You may also like