टुकुचा खोलामाथिका संरचना नभत्काउन अदालतको आदेश (आदेशसहित)

by समतल अनलाइन

काठमाडौं । उच्च अदालत पाटनले टुकुचा खोलालाई भूमिगत बनाएर त्यसमाथि बनाएका भौतिक संरचना नभत्काउन अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरू भत्काउन थालेपछि उच्च अदालत पाटनमा महानगरलाई विपक्षी बनाएर रिट निवेदन परेको थियो ।

सोही निवेदनमा आइतबार उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले टुकुचामाथिका संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे असोज ५ गते दुवै पक्षलाई अदालतले उपस्थित हुन भनेको छ ।

सोमबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले काठमाडौं महानगरपालिका वडा नम्बर ७ को कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रीत नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स, जे-नेक्स इनभेस्टमेन्ट प्रालीसहितका तीन कम्पनीले संयुक्तरुपमा रिट दर्ता गरेका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर निर्माण गरिएको भन्दै सुरुङ खनेर खोला निकालेका थिए । जय नेपाल हलको पर्खाल भत्काएर टुकुचा खोला निकालेपछि अन्य ठाउँमाथि पनि घर बनाइएको भन्दै महानगरले भत्काउने तयारी गरिरहेका बेला उच्च अदालतले अल्पकालीन आदेश दिएको रजिष्टार ठगिन्द्र कट्टेलले जानकारी दिए ।

 
 
  
 

You may also like