मानवअधिकारमैत्री नीति निर्माणमा जिसस प्रमुख चापागाईँको जोड

by समतल अनलाइन

बुटवल , जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईँले मानव अधिकार प्रवद्र्धनको अभियानमा अभियान्तासंग आफूपनि सँगसँगै रहेको बताउनु भएको छ । उहाँले मानिसको बाँच्न पाउने अधिकार सुरक्षित हुनुपर्ने बताउँदै यो मानवतावादी अभियानमा आफू पनि सँगसँगै रहेको बताउनु भएको हो ।

एम्नेस्टी इन्टरनेशनल नेपालले आईतबार बुटवलमा आयोजना गरेको मानव अधिकार शिक्षा कार्यक्रममा बोल्दै उहाँले मानवअधिकारको प्रवद्र्धनमा अभियान्ताको अगाडि आफू लागेर हिड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले मानव अधिकारको प्रवद्र्धनको लागि स्थानीय तहले के गर्न सक्छन् कस्ता नीति लिनुपर्छ त्यसको पहल र पैरवीका लागि एम्नेस्टीसंग आफूपनि संगै हिड्ने बताउनु भयो ।

एम्नेस्टी मानवअधिकारको प्रवद्र्धनको लागि विश्वव्यापी सञ्जाल हो । मावन अधिकारको रक्षा, प्रवद्र्धन र पैरवीका लागि यसले काम गर्दै आएको छ । मावनअधिकारको रक्षाको लागि स्थानीय सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै मानव अधिकारमैत्री नीति निर्माण र त्यसको कार्यान्वयनमा उहाँले जोड दिनुुभयो ।

एम्नेस्टी इन्टरनेशनल नेपालका अध्यक्ष विपिन बुढाथोकीले मानव अधिकारको क्षेत्रमा एम्नेस्टीले खेलेको भूमिकाको बारेमा जानकारी गराउँदै यसका सुधार गर्नुपर्ने कुराहरु राख्नुभएको थियो । उहाँले एम्नेस्टी नेपालको संरचनागत सुधारका कुराहरु राख्नुभएको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले मानवअधिकारको रक्षा र प्रवद्र्धनमा एम्नेस्टीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले यो अभियानलाई अझै ससक्त बनाउन पनि सुझाव दिनुभयो ।

एम्नेस्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष राजन कुइकेलले एम्नेस्टी नेपालले नेपालमा द्वन्द्वकालिन समयमा ससक्त काम गरेको बताउँदै मावन अधिकार रक्षाका लागि राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय दवाव सिर्जना हुने जानकारी गराउनु भयो ।

एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले मानवअधिकारको सवालमा विश्वव्यापी रुपमा भईरहेको परिवर्तनले मानव अधिकारमा पार्ने प्रभाव र एम्नेस्टीले खेल्ने भूमिकाका बारेमाले भनाई राख्नुभएको थियो ।

कार्यक्रममा एम्नेस्टी नेपालकी रणनीति तर्जुमा समितिकी संयोजक पार्वता आचार्य, एम्नेष्टी नेपालका कोषाध्यक्ष रोशन बजगाँई, बोर्ड सदस्य देवेन्द्र सेजुवाल लगायतले मानव अधिकार र एम्नेस्टीले गर्ने कामहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

एक दिनको यो कार्यक्रममा लुम्बिनी, कर्णाली, सुदुरपश्चिम, गण्डकी र बागमती प्रदेशका समुहका संयोजक तथा प्रतिनीधि गरी ६० जनाको सहभागिता रहेको एम्नेस्टी इन्टरनेशनल नेपाल आमसञ्चार र मानवअधिकार समितिका सदस्य कबिन्द्र नेपालले जानकारी गराउनु भयो । बुटवलमा आएका एम्नेस्टी अभियान्तालाई एम्नेस्टी इन्टरनेशनल नेपाल समुह १२ बुटवल र निर्माणाधिन बुटवल महिला समुहले स्वागत गरेको थियो ।

 
 
  
 

You may also like