अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता, उद्धार र खोजी जारी

by समतल अनलाइन

अछाम । अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् । अछामको कमलबजार नगरपालिका-६ का ७ जना र तुर्माखाँद गाउँपालिका-५ का ९ जना गरी १६ जना बेपत्ता भएको अछाममा प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिएका । उनका अनुसार यी दुई पालिकामा बाढीपहिरोले दुई वटा घर बगाएको छ ।

अहिले बेपत्ताको खोजी शुरु गरिएको छ । उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । अछाममा अहिले पनि पानी परिरहेको छ । थप विवरण आउन बाँकी छ ।

 
 
  
 

You may also like