बुटवलमा वैज्ञानिक संगोष्ठी हुदै

by समतल अनलाइन

बुटवल।शिक्षा तथा खेलकुद मन्त्रालय, प्रदेश योजना आयोग र नेपाल केमिकल सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा शनिबार बुटवलमा वैज्ञानिक सगोष्ठी हुने भएको छ । राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर बुटवलमा एक दिने हुने भएको हो ।

कार्यक्रममा नेपाल केमिकल सोसाईटीका अध्यक्ष डा कृष्ण प्रसाद शर्माले सरोकारवाला अनुसन्धानविज्ञ र प्राध्यापकहरु जमघट गराई लुम्बिनी प्रदेशमा विज्ञान र प्रविधिको वर्तमान अवस्था, चुनौती र अवस्थाबारे कार्यक्रम गरिने बताए । शैक्षिक हबका रुपमा विकास भएको रुपन्देही जिल्ला विज्ञान अध्ययन र अध्यायपनमा भने पछि परेको दुखेसो गरे ।

कार्यक्रममा मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्न चाहना अनुसार अघि बढेको बताए । विज्ञान र प्रविधि प्रतिष्ठान स्थापना गर्ने योजना अनुसार अघि बढेपनि नितिगत समस्या भएको बताए । करीब साढे ६ करोडमा पुर्वाधार तयार भएपनि कानुन तयार नहुदा रोकिएको उनले दुखेसो गरे। लुम्बिनी प्राविधिक विद्यालय स्थापना भैसकेको र सियारीमा साईन्स म्युजियम शिलन्यास भएको उनले बताए ।

 
 
  
 

You may also like