ग्लोबल आइएमई बैंक राममन्दिर शाखाद्वारा वित्तीय साक्षरता तथा डिजिटल जनचेतना

by समतल अनलाइन

बुटवल । ग्लोबल आइएमई बैंक लिमिटेड बुटवल राममन्दिर शाखाले वित्तीय साक्षरता तथा डिजिटल जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले डिजिटल कारोबारका माध्यमहरुको उपयोगीता एवम् फाइदाहरुका बारेमा आफ्ना ग्राहकहरुलाई जानकारी दिने उदेश्यले शुक्रबार सिद्धार्थ कटेज मिलनचोकमा वित्तीय साक्षरता तथा डिजिटल जनचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा ग्राहकहरुलाई बैंकको डिजिटल कारोबारका माध्यमहरु मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, एटीएम डेबिट ९एटीएम० कार्ड, क्रेडिट कार्ड, इ(कमर्श कार्ड, क्युआर कोड, मिसकल बैंकिङ्ग, भाइबर बैंकिङ्ग सम्बन्धी जानकारी तथा डिजिटल कारोबारका माध्यमहरु उपयोगीता एवम् फाइदाहरुका बारेमा जानकारी गराइएको थियो ।

जनचेतना कार्यक्रमका ग्लोबल आइएमई बैंक लिमिटेडको तथा कार्यक्रम आयोजना गर्नुको उद्देश्यका बारेमा बैंकको लुम्बिनी प्रादेशिक कार्यलय उप–प्रमुख जोगलाल भुषालले प्रष्ट पार्नु भएको थियो । उक्त कार्यक्रममा राममन्दिर शाखाका शाखा प्रबन्धक सन्जय बगाले ले बैंकको डिजिटल कारोबारका माध्यमहरुका बारेमा जानकारी गराउनु भएको थियो । उक्त जनचेतना कार्यक्रममा करिब १५० जना उपस्थित रहेको बैंकका बरिस्ठ सहायक रितु कानुले जानकारी दिनुभयो ।

मुलुकका सतहत्तरै जिल्लामा २९० शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

 
 
  
 

You may also like