औषधी ब्यवसायीको चौथौ स्थापना दिवसमा भोजन खुवाई मनायो

by समतल अनलाइन

बुटवल।नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाले चौथो स्थापना दिवस मानव सेवामा आश्रितहरुलाई भोजन सहयोग गरेर मनाएका छन । कार्यक्रमको एक समारोहका बिच ब्यवसायी संघका निर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले खाना खुवाउने कार्यक्रमको उद्घाटन गर्दै आश्रमलाई सबैको सहयोग जरुरी रहेको बताए ।
कार्यक्रममा संघका अध्यक्ष सुरज भट्टराईले संस्थागत सामाजिक सहयोगलाइ निरन्तरता दिने काम गरेको बताए । घरमा एक जना बिरामी पर्दा सेवा गर्न धेरै कठिनाई हुने भन्दै यति ठूलो समुहलाई स्याहारसुसार गर्ने काम सामान्य नभएको उनले बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, विशेष सल्लाहकार रोहितराज क्षेत्री, लुम्बिनी प्रदेश महासचिव लुकराज न्यौपाने, महासचिव पुरुषोत्तम भट्टराई, सचिव नारायण थापाले संस्थागतका साथै ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने प्रतिवद्घता जनाए ।
कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश प्रमुख रुपा केसीले विभिन्न उमेर समुहका अनाथ असहायहरुको अभिभावक बन्ने अवसरका रुपमा सहयोग रहेको बताईन । आर्थिक सहयोग जुटाउन ७ प्रदेशको १० वटा स्थानमा नेपथ्य ब्याण्डसंग सहकार्य गरि मानवताका लागि सागितिक कार्यक्रम गर्ने तयारीमा रहेको उनले बताईन । हाल ७ प्रदेशमा २५ वटा सेवा आश्रममा १ हजार ६ सय भन्दा बढी अनाथ असहायहरु आश्रीत छन । बुटवलमा भाडामा संचालनमा रहेको आश्रम अहिले तिलोत्तमा नगरपालिकामा आफनै भवन निर्माण गरि सारिएको छ । रुपन्देही शाखामा १ सय ५० जना आश्रित छन ।

 
 
  
 

You may also like