रोहिणी गाउँपालिकामा कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान

by समतल अनलाइन

भैरहवा।रुपन्देहीको रोहिणी गाउँपालिकाले कार्यालय समय सुरु हुनुअघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । गाउँपालिकाले भदौ २३ गतेदेखि कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको हो ।

प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी अघि बढिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । उनले भने, ‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने र सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने विश्वास लिएका छौं । ’

उनले राष्ट्रिय गानपश्चात गाउँपालिकाको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए । अध्यक्ष यादवले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको जानकारी दिए ।

 
 
  
 

You may also like