सिमानगर निशुल्क स्वास्थ्य शिविर सम्पन्न

by समतल अनलाइन

बुटवल । लायन्स क्लव अफ बुटवल फोलोरेन्सले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । तिलोत्ततमा नगरपालिका वडा न ३ को सिमानगरमा निशुल्क रुपमा शिविर सम्पन्न गरेको हो ।

विगत १ वर्षदेखि यो संस्थाले नियमित रुपमा शिविर तथा अन्य समाजिक कार्यहरु संचालन गर्दै आएको छ ।
क्लवका अध्यक्ष सुनिता पाण्डेको अध्यक्षतामा भएको शिविरको लायन्स क्लव ३ सय २५ भ्वाईस डिस्ट्रिक गर्भरनर अर्जुनमान शैजुले गर्नु भएको थियो । सो अवसरमा लायन्स क्लवको विभिन्न तहमा रहनु भएको पुरोषोत्तम प्रधानाङ, एमएल पाण्डे, मिना भारी, गंगा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
एडमण्ड सिटी अस्पताल बुटवलको प्रधाविधिक सहयोगमा भएको शिविरमा डा विजय केसी, डा किरण सुवेदी, डा सन्तोषी थपलीया लगायतको टिमले सहयोग गरेकोथियो । सो अवसरमा विरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो । क्लवका सचिव गिता न्यौपानेको संचालनमा भएको कार्यक्रमको संयोजन शान्ता भण्डारीले गर्नु भएको थियो ।

 
 
  
 

You may also like