सातै प्रदेशमा बर्षा, लुम्बिनीमा ठूलो पानी पर्ने सम्भावना

by समतल अनलाइन

काठमाडौं । देशका विभिन्न भागमा आज (शुक्रबार) पनि बिहानैदेखि पानी परिरहेको छ । प्रदेश-१, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । प्रदेश-१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (शुक्रबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ । देशका पहाडी र भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षा हुने पहाडी भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।

 
 
  
 

You may also like