शेयर बजार आज पनि ओरालो

by समतल अनलाइन

काठमाडौं । शेयर बजार आज (बुधबार) पनि ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से बुधबार ११ दशमलव ९७ अंकले घटेर एक हजार ९३९ दशमलव ८८ विन्दुमा झरेको छ । नेप्से दिन दिनै राताम्मे हुँदा कारोबार रकममा पनि निकै कमी आएको छ ।

बुधबार म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर घटेको छ । २२४ वटा कम्पनीको २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै, प्राइम डिबेन्चरको शेयर झण्डै ६ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सनराइज म्युचल फन्डको शेयर साढे सात प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर झण्डै साढे ६ प्रतिशतले बढेको छ ।

 
 
  
 

You may also like