हल्कादेखि मध्यम बर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । अहिले मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको मौसमविदले बताएका छन् ।

प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । प्रदेश-१, मधेस प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ ।

सोमबार प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ का एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like