सियारीमा नेपाल लाईभस्टक सेक्टर ईनोभेसनले भेटेनरी अस्पताल निर्माण गर्दै

by समतल अनलाइन

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकामा पशु सेवा केन्द्र (भेटेनरी अस्पताल) निर्माण गरिने भएको छ ।भेटेनरी अस्पतालमा पाईने सेवा सुबिधा सहितको सेवा केन्द्र निर्माण गर्ने भवनको सिलन्यास गरिएको छ ।

नेपाल लाईभस्टक सेक्टर ईनोभेसन प्रोजेक्टको आयोजनामा सेवा केन्द्र भवन निर्माण हुन लागेको हो । उक्त प्रोजेक्ट कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय र बिश्व बिकास बैकको संचालित आयोजना हो । अस्पताल भवनको गृहमन्त्री बालकृष्ण खांणले सिलन्यास गरेका छन् । भवन निर्माणका लागि बिश्व बिकास बैकको आर्थिक सहयोग रहने आयोजनाले जनाएको छ ।

उक्त परियोजना पशु सेवाको क्षेत्रमा नविन प्रबिधिको माध्ययमबाट पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व बृद्धि, मुल्य श्रृंखलाको बिकास गरी कृषकलाई उद्यमी बनाउन तथा ग्रामिण क्षेत्रका जनताको जिविको पार्जन एवं खाद्यन्न र पोषण सुरक्षामा काम गर्ने सस्था भएको आयोजना निर्देशक डा. उमेश दाहालले जानकारी दिए ।

उनले उक्त आयोजनाले देशका २८ जिल्लाका २८९ गाउँपालिका÷नगरपालिकामा काम गर्दै आएको बताए । आयोजनाको बुटवलस्थित कार्यालयले लुम्बिनी प्रदेशका सातवटा जिल्लामा काम गर्दै आएको आयोजना प्रमुख डा. गान्धीराज उपाध्यायले जानकारी दिए । प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, नवलपरासी र बर्दियाका ६९ वटा गाउँपालिका तथा नगरपालिकामा पशुपालक कृषकलाई लगानी गर्दै आएको डा. उपाध्यायले जानकारी दिए । आयोजनाले पशुपालक कृषकलाई खसीबोकाको मासु, गाई भैसीको दुध उत्पादनमा साना र मझौला उद्यमीलाई प्रोत्साहन गर्ने उद्धेश्यले आयोजनाको तर्फबाट ५० प्रतिशत ( अधिकतम एक करोड) सम्म पुरक अनुदान दिने व्यवस्था गरिएको र त्यसका लागि कृषकले २० प्रतिशत र बित्तिय सस्थाको तर्फबाट ३० प्रतिशत लगानी गर्नु पर्ने प्रावधान राखिएको डा. उपाध्यायले जानकारी दिए ।

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले भेटेनरी अस्पताल निर्माण भएपछि सियारीबासी कृषकहरुको आर्थिक उपार्जनमा महत्वपुर्ण योगदान पुग्ने बताए । उनले किसानको सहजताका लागि सियारीमा उक्त अस्पताल निर्माण गर्न पहल गरिएको बताउदै अध्यक्ष घिमिरेले पशु तथा पशुजन्य पदार्थको उत्पादन र उत्पादकत्व बृद्धिमा ठुलो टेवा पुग्ने बताए ।

गाउँपालिका उपाध्यक्ष तारा थारुले नेपाल लाईभस्टक सेक्टर ईनोभेसन प्रोजेक्टले सियारीमा पशु हाट बजारको निर्माण गरी गाउँपालिकालाई हस्तान्त्रण गरेको जानकारी दिइन् । उनले भेटेनरी अस्पताल सियारीका लागि दोश्रो महत्वपुर्ण आयोजना भएको बताउदै यसले महिलाहरुको आर्थिक स्तर बृद्धिमा पनि टेवा पु¥याउने बताउदै उद्यमशिल बन्नलाई पनि टेवा पु¥याएको बताईन ।

 
 
  
 

You may also like