थप २६९ मा कोरोना संक्रमण, एक जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६९ कोरोना संक्रमित थपिएका छन् । पीसीआर र एन्टीजेन विधिबाट गरिएको ३,५५७ नमुना परीक्षणमा २६९ जना संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको हो ।

बुधबार ३ हजार ९२० परीक्षण हुँदा २७१ जना संक्रमित भएका थिए । २४ घण्टामा २१५ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार १५८ रहेको छ ।

 
 
  
 

You may also like