समानुपातिकतर्फको निर्वाचनका लागि १० भदौंबाट दल दर्ता

by समतल अनलाइन

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदश पेश गर्न आब्हान गरेको छ ।

आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन दिन आब्हान गरेको हो ।

निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचना अनुसार १० भदौं देखी १२ भदौंसम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिकतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ । आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आब्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

 
 
  
 

You may also like