कैलाली उद्योग वाणिज्य संघको टोलीलाई बुटवलमा स्वागत

by समतल अनलाइन

बुटवल। कैलाली उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई बुटवलमा स्वागत गरिएको छ । कैलालीबाट संस्थागत अवलोकन भ्रमणमा आएको टोलीलाई सोमबार बुटवल उद्योग वाणिज्य संघले स्वागत गरेको हो । त्यस अवसरमा दुई पक्षीय छलफल तथा दुबै संघको तर्फबाट एक आपसमा जानकारी तथा अनुभवहरु आदान–प्रदान गरिएको थियो ।

कैलाली उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले संघका गतिबिधिका बारेमा जानकारी गराउनु भएको थियो । संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले संघका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज कुँवरले कैलाली उद्योग वाणिज्य संघको बारेमा जानकारी गराउनु भएको थियो ।

त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार पूर्व अध्यक्ष नवराज श्रेष्ठ, महासचिव बिमलराज भट्टराई लगायतले भनाई राख्नुभएको थियो ।

 
 
  
 

You may also like