शेयर बजार ७.२४ अंकले घट्यो, एक अर्ब ७२ करोडको कारोबार

by समतल अनलाइन

काठमाडौं । शेयर बजार ७.२४ अंकले घटेको छ । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार ७.२४ अंकले ओरालो लागेको हो ।

नेप्से परिसूचक ७.२४ अंक (०.३५ प्रतिशत) ले ओरालो लाग्दा बजार २०५३.३० अंकमा बन्द भएको हो । कारोबार रकममा पनि ओरालो लाग्दै दुई अर्बबाट तल झरेको छ ।

५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७२ करोड ६२ लाख ८७ हजारको कारोबार भएको हो । कारोबारमा आएका १८७ कम्पनीमध्ये १२४ कम्पनीको शेयर मूल्यमा ओरालो लागेको छ । साथै ४७ कम्पनीको शेयर मूल्य वृद्धि हुँदा १६ कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

 
 
  
 

You may also like