पशु स्वास्थ्य तथा पशु सेवा परिषद विधेयक पारित गर्न पशुसेवा प्राविधिकको संयुक्त माग

by समतल अनलाइन

बुटवल।हालै मात्रै प्रतिनिधि सभाबाट पारित भएको पशु स्वास्थ्य तथा पशु सेवा परिषद ऐन, २०७९ को विधेयक राष्ट्रिय सभाबाट समेत पारित गर्न पशु स्वाथ्य प्राविधिकहरुले माग गरेका छन् । बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी ३ वटा पशु स्वाथ्य प्राविधिकहरुको संस्थाले यसलाई निर्वाधरुपमा पारित गरी लागू गर्नुपर्ने मागगरेका हुन ।

नेपाल भेटेनरी एशोसीयसन(पशुचिकित्सक)हरुले विधेयमा प्राविधिक देखि चिकित्सकहरुलाई समेत एउटा लहरमा राखिएको भन्दै विरोध गर्दै आएको परिपेक्षमा नेपाल एनिमल साइन्स एशोसियसन, नेपाल पाराभेटेरीनरी एण्ड लाइभस्टक एशोसियसन, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ ले यसलाई पारित गर्र्नुपर्ने मागगरेका हुन ।

नेपाल पारा भेटेनरी एशोसीयसनका पुर्व केन्द्रीय अध्यक्ष तथा वर्तमान सल्लाहार लोकराज भुषालले प्रतिनिधि सभामा पेश भएकोमा यस विधेयकलाई प्रतिनिधिसभाबाट पारि गरिसकेपछि पनि राष्ट्रिय सभाबाट पारित हुन नदिने, पचासौं हजार पशु सेवामा समर्पित प्राविधिक तथा विशेषज्ञहरुको मानमर्दन गरी समग्र पशु सेवा क्षेत्रलाई नै खुम्चाउने उद्देश्यका साथ रोक्न खोजिएको भन्दै आपत्ती जनाए ।

पत्रकारसम्मेलनमा बोल्दै उनले पशु सेवा व्यवसाय र व्यवसायीहरु लाई मानमर्दन गर्न गरिएको दुष्प्रयाशप्रति घोर आपत्ति रहेको समेत बताएका हुन ।
विशेषज्ञ पशु सेवा पेशाकर्मीहरु करिव पचहत्तर हजार को संख्याले दैनिक पशु स्वास्थ्य सेवा पुराउदै आएको योगदानलाइ वेवास्ता, नजरअन्दाज गर्दै विगत २० वर्ष देखी उनिहरुको सेवालाई नियमन गर्ने पेशागत कानुन निर्माण प्रकृयामा पटक पटक वाधाअडचन छेकथुन गरी गैर जिम्मेवारीको पराकाष्ट पूर्ण प्रस्तुती प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको उनको भनाई रहेको छ ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ लुम्बिनीका अध्यक्ष श्रीधर अधिकारीले नेपालको दुरदराज भिरपाखा ग्रामिण वस्तिमा रहेका करिब ३६ लाख कृषकको गोठमा पुगेर आवश्यक प्राविधिक सेवा प्रवाहमा खटिरहेका पेशागत संघ संस्थाहरु संग आवद्ध भइ पशु सेवा मा समर्पित करिव ७५००० को संख्यामा रहेको प्राविधिक एवं विशेषज्ञ जनशक्तिहरुले वैधानिक पेशागत अधिकार प्राप्तिकोमा बाधा नपुराउनको लागि आग्रह गरे । लुम्बिनी प्रदेशमा रहेका नेपाल एनिमल साइन्स एशोसिएशन का संयोजक हुमाकान्त पाण्डे, नेपाल एनिमल साइन्स एशोसिएशन लुम्बिनी प्रदेश संयोजक तुल्सिराम भण्डारीले समेत यसमा ऐतकवद्धता जनाएका छन् ।

 
 
  
 

You may also like