१७ दिनपछि निहारिकाले तोडिन् अनसन

by समतल अनलाइन

काठमाडौं । सरकारसँग आइतबार भएको तीन बुँदे सहमतिपछि निहारिका राजपुतले अनसन तोडेकी छन् । उनलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद कोइरालाले अनसन तोडाएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र निहारीकाबीच तीन बुँदे सहमति भएपछि उनले १७ दिनदेखिको अनसन तोडेकी हुन् ।

यस्तो छ सहमति
१. निज निहारिका राजपुत ‘सोनाली’को माग र अनुरोध बमोजिम श्री उच्च अदालत जनकपुरमा विचाराधिन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने ।

२. डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने ।

३. उक्त माग पुरा भएकोले निहारिका राजपुत ‘सोनाली’ ले १७ दिनदेखि गरिरहेको आमरण अनसन आजैको मितिबाट अन्त्य गर्ने ।

 
 
  
 

You may also like