थप २९९ मा कोरोना संक्रमण, दुई जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । सो अवधिमा ५७७ जना निको भएका छन् ।

थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ४,३३७ नमूना परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १,६७० र एन्टिजेनबाट २,६६७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १८० र एन्टिजेनबाट ११९ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । हाल कोरोना सक्रिय संक्रमितको संख्या ४,६२५ पुगेको छ ।

 
 
  
 

You may also like