स्व.गणेशमान सैंजुको ९० औं स्मृति दिवश ः पुस्तक बिमोचन तथा सम्मान

Shares

बुटवल । कर्मयोगी तथा धर्मपाल उपाधी प्राप्त बुटवलका प्रतिष्ठित समाजसेवी स्व. गणेशमान सैंजुको ९० औं स्मृती दिवश बिभिन्न कार्यक्रम गरि मनाइएको छ । स्व.संैजुको स्मृति दिवशमा बुटवल उपमहानगरपालीका प्रमुख खेलराज पाण्डेसहित १ दर्जन बढि जनप्रतिनिधीहरुलाई सम्मान गर्नुका साथै दलित तथा बिपन्न बर्गका बालबालीकालाई छात्रबृत्ति प्रदान गरिएको थियो ।

सो अवसरमा बोल्दै उपमहानगर प्रमुख खेलराज पाण्डेले आध्यात्मिक र धार्मिक जागरण मार्फत समाजसेवा गर्ने स्व. गणेशमान सैंजुको मार्गदिशा अत्यन्तै महत्वपुर्ण, अनुकरणिय र सराहनिय पक्ष रहेको बताउनु भयो । बिश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष बेनबहादुर क्षेत्रीले स्व. सैंजुका पदचापलाई पछ्याउन सक्नु नै पछिल्लो पुस्ताका लागि मुख्य चुनौती रहेको उल्लेख गर्दै सामाजिक उत्प्रेरणाका धनी वस्. सैंजुले गरेका कामहरुको स्मरण गर्नु भयो ।

बिश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर श्रेष्ठको सभापतित्व र उपाध्यक्ष अनुपमान सैंजुको संचालनमा सम्पन्न सो कार्यक्रममा स्व. सैंजुका पत्नी कृष्णप्यारी सैंजुको समृतिमा प्रकासित आमा स्मृति ग्रन्थ बिमोचन गरिएको थियो । साथै धार्मिक क्षेत्रमा योगदान पुराएका कृष्णप्रसाद कोईराला, ज्ञानु अर्याल लगाएतलाई पनि दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो ।

You may also like

This will close in 0 seconds