विभिन्न संस्थाको संयुक्त आयोजनामा रक्तदान , ५० युनिट रगत संकलन

बुटवल । रक्तदान जिबनदान भन्ने मुल कुरालाई आत्मसात गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

समाजमा मानवीय उत्तरदियित्व बहन गर्नका लागि कार्यक्रम आयोजना गरिएको डा निकोलश भुसालले बताए ।
कार्यक्रम डार्कउड रेस्टुरेन्ट एन्ड लौन्ज प्रा लि (बुटवल चुलो ,थकाली खाना) र सहयात्रा रास्ट्रका लागि युवाको आयोजनामा र नेपाल नियमित रक्तदाता संघ रुपन्देहीको सहकार्य मा अयोजना गरिएको थियो ।

कार्यक्रममा बोल्दै रगत सोही रेस्टुरेन्टका संयोजक महेश थापाले रक्तदान दिएर अरू कसैको जीवन बचाउने कार्य गरेकोमा सम्पूर्ण स्वयंसेवी रक्तदातालाई धन्यवाद दिँदै नियमित रुपमा रक्तदान गर्न समेत सबैलाई आग्रह गरे यश अघि पनि थुप्रै सामाजिक कार्यक्रम गर्दै आएको राजेश ज्ञावलिले बताए ।

कार्यक्रममा बरिस्ठ विशेषज्ञ डाक्टर सामाजिक ब्यक्तित्व हरु थुप्रै सस्थाबाट रक्तदान गर्न आउनु भएको थियो । विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै समाजमा एउटा सकारात्मक ढङ्गबाट प्रस्तुत भएर आफ्नो व्यवसायी संगै युवाहरूलाई सामाजिक काममा समर्पित हुन प्रेरणा मिल्ने कार्यक्रम बोल्दै डा . निकोलश भुसालले बताए ।
कार्यक्रममा ५० युनिट रगत सङकलन भएको कार्यक्रमका संयोजक विजय सेनले बताउनुभयो।

 
 
  
 

You may also like