कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ९० पैसा र बिक्री दर १२८ रुपैयाँ ५० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४८ पैसा र बिक्री दर १५२ रुपैयाँ २० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

 
 
  
 

You may also like