लुम्बिनी बौद्ध विश्वविद्यालय बुटवलका प्राध्यापकहरुद्वारा सामुहिक राजीनामा

बुटवल।लुम्बिनी बौद्ध विश्वविद्यालयको लुम्बिनी सिटी क्याम्पस बुटवलका प्राध्यापकहरुले सामुहिक राजीनामा दिएका छन् ।

प्रशासनिक संयोजक बलबहादुर पाण्डे, बिटिटिएम कार्यक्रम संयोजक मोहनलाल भण्डारी, मेघनाथ खनाल र कमल मरासिनीले सामुहिक राजीनामा दिएका हुन् ।

क्याम्पसले बिहिबार देखि साउन ५ गते सम्मको लागि विदा गरेर त्यहाँका उपप्राध्यापकहरुले बिहिबार नै सामुहिक राजीनामा गरेका हुन् ।

सिटी क्याम्पस बुटवलका संयोजक समेत रहेका उपप्राध्यापक पाण्डेले जारी गरेको सूचनामा वार्षिक विदाबाट मिलान हुनेगरी असार २३ गतेदेखि साउन ५ गतेसम्म विदा गरिएको उल्लेख गरिएको छ ।

राजीनामा गरेका उपप्राध्यापकहरुले विश्वविद्यालयका रजिष्टारलाई सम्बोधन गर्दै बुधबार नै सामुहिक राजीनामा गरेका हुन् । राजीनामा पत्रमा केही समयदेखि विद्यार्थी संगठनहरुको क्याम्पसमा अध्ययन गर्ने केही विद्यार्थीहरुले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको र विद्यार्थीहरुको अपमानजनक गतिबिधिका कारण कार्यसम्पादन तथा अध्यापन गराउने वातावरण नभएकोले राजीनामा गरेको उल्लेख गरिएको छ ।

 
 
  
 

You may also like