पाँचथरमा पहिरोले घर पुर्दा बेपत्ता एकै परिवारका तीनमध्ये एक जनाको शव भेटियो

पाँचथर । पाँचथरमा लगातारको भारी वर्षासँगै माथिबाट खसेको पहिरोले घर पुर्दा बेपत्ता एकै परिवारका तीनमध्ये एक जनाको शव भेटिएको छन् ।

शुक्रबार राति १० बजेतिर पहिरोले पुर्दा हराएकामध्ये घरमुली ४२ वर्षीय रूपलाल मगरको शव आज विहान भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी राकेश थापाले जानकारी दिए ।

पाँचथरको फालेलुङ गाउँपालिका-७ विहीदिनका रुपलालको घर शुक्रबार राति अन्दाजी १० बजेतिर पहिरोले घर पुर्दा बेपत्तामध्ये दुई जना अझै भेटिएका छैनन् । रूपलालकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा बेपत्ता छन् । प्रहरीले उनीहरुको खोजी जारी राखेको छ । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् ।

 
 
  
 

You may also like