फूलले स्वागत गर्दै दिपावलीलाई ,पुष्प ब्यबसायमा महिलाको आकर्षण बढ्दै

by समतल अनलाइन
290Shares

अस्मिना पाण्डे
बुटवल।नेपालीहरुको दोस्रो महानपर्ब तिहार आउन अब केही दिन मात्र बाकी छ । तिहारमा सयपत्री ,मखमली फुलहरुको बढी खपत हुने गर्छ । रुपन्देही जिल्लामा पछिल्लो समय पुष्प ब्यबसाय तर्फ महिलाहरुकोआकर्षण बढेको छ ।

१.

बुटवल उप महानगरपालिका वडा नं १३ बेलबासमा व्यवसायिकरुपमा फूलखेती गर्न थालिएको छ । ४ जना महिला सीता खनाल,टिका भण्डारी, बोनिका भण्डारी ,कान्ता बेल्बासे मिलेर पौरखी नारी कृषि फर्म नै दर्ता गरि सयपत्री फूलको व्यवसायिक रुपमा नै फूुल खेती सुरु गरेका हुन ।

उनीहरुले प्रती व्यक्ति १ लाख लगानी गरेका छन् । नाम जस्तै उनीहरुको कामले पनि साथ दिएको छ । अहिले फूल ढकमक्क फुलेका छन् । फूल देख्दै मनमोहक छन ।

यहि जेठ महिनाबाट फुलखेतीको सुरुवात गरेको यो समुहले अहिले करिब १४ कट्टा जग्गा भाडामा लिएर खेती गरेकोहो ।यसलाई बिस्तार गर्ने सोचमा रहेको सञ्चालक मध्यकी सीता खनालले बताइन् ।

“अब यसको बिस्तारसंगै नर्सरी पनि गर्ने तयारीमा छौ” उनले भनिन । अहिले १४ कट्टा जमिनको बार्षिक ५० हजार भाडा तिर्ने गरेको अर्का लगानी कर्ता टीका भण्डारीले बताईन ।

गुणस्तर फूल उत्पादन भईसकेपछि बजार ब्यवस्थापनलाई सहज भएपनि सम्बन्धित निकाय बाट माटो परिक्षणमा सहजता , अनुगमन नहुदा समस्या हुने गरेको उनको गुनासो छ ।“देशमै केहि गर्न सकिन्छ,प्रदेशलाई फुलमा आत्मनिर्भर गराउन सकिन्छ भनेर व्यबसायिक फुल खेतीमा लागेका समुह वा व्यक्तिलाई साथ र सहयोग हुनुपर्छ,”उनले भनिन् ।

समुहले अहिले दुई जना महिलालाई रोजगार प्रदान गरेको छ । बारीमा फूलेका फूल अर्डर अनुसार टिपेर आफैमाला गास्छन र ठाँउ ठाँउमा पुर्याउछौ फर्मकी टिका भण्डारी भन्छिन् भारतबाट आयात फुलका माला हामीले महङगोमा खरिद गरिरहेका छौ यसलाई रोक्न हामीले फुल खेती सुरुगरेका हौ ।

२.
त्यस्तै फूलखेती गर्ने रुपन्देहीको अर्काै समुहको नाम हो ,सहकदम कृषक समुह ।रुपन्देहीको तिलोत्तमा कुञ्जलापुरमा उद्यमी देवी वाग्ले, पार्बती गिरी सहित १० जनाको महिला समुहले पनि गत बर्ष भदौ देखि पुष्प खेती सुरु गरे ।

पहिलो बर्ष राम्रै आम्दानी भयो । अहिलेपनि पुष्प खेतिलाई निरन्तरता दिएका छन् । उनले नेपाली बजारमा आउने केमिकलयुक्त फूलको आयात रोक्न फूल खेती गरेको बताउछिन ।

गत बर्ष २ हजार ५ सय माला बिक्री गर्न सफल समुहले अहिले करिब ५ हजार माला बोच्ने योजनामा रहे पनि खेतमा पनी अत्याधिक मात्रामा पानी जमेपछि राम्रो उत्पादन हुन नसकेको सञ्चालक मध्यकी पार्बती गिरिले बताइन् ।

३.
रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर ४ मा पनि ९ जना महिलाहरु मिलेर सामुहिक पुष्प व्यवसाय सुरु गरेका छन् । ९ जनाको समुहमिलेर क्षितिज नमुना कृषक समुह गठन गरि यसै बर्ष देखि पुष्प व्यवसाय गरेको समुहका अध्यक्ष नविना भण्डारीले बताइन ।

अहिले १० कठ्ठा जग्गामा लगाइएका सयपत्री फूल फुलेर ढकमक्क छन् । अब फूल तयार भएका छन् । यो समुहले अहिलेको तिहारमा करिब ५ हजार माला बिक्री गर्ने तयारीमा छ ।

उनीहरुलाई अहिले भ्याई नभ्याई छ बिहान देखि साझ सम्मै फूलबारीमा खटिन्छौ उनले भनिन् । आफनै देशमा लगानी गरौ आत्मनिर्भर बनौ उनी भन्छिन काम गरे फल पाउन समय लाग्दैन ।

४.

त्यस्तै कोहलपुर नगरपालिका वडा न ५ तिर्थरीनगरमा पनि विष्णु चौधरीले १० कठ्ठा छेत्रफलमा पुष्पखेती गरेकी छिन । सुविदिप पुष्प उद्दन व्यवसायको नामबाट फर्म देता गरेर चौधरीले गत बर्ष बाट पुष्प खेति सुरु गरेकी हुन् ।

एक्लैले संचालन गरेको सो पुष्प खेतीमा मासिक रुपमा पारिश्रमिक दिएर एक जना कामदार राखेकी छिन भने अहिलेको समय सिजन भएकाले दैनिक १० /१२ जना कामदार लगाएर फुल टिप्ने र माला उन्ने काम गरिरहेको चौधरीले बताइन ।

गतबर्ष १० हजार फूलका बिरुवा लगाएपनि ५ हजार फूलका बिरुवा मरेपछि सामान्य व्यापार गरेकी चौधरीले अहिले भने २५०० देखि ३००० सम्म माला बन्ने अनुमान गरेकी छिन । गत साल गरेको पुष्प खेतीबाट त्यति सन्तुष्ट नभएकी चौधरी अहिले भने बारीमा ढकमक्क फुल फुलेको देख्दा सन्तुस्ट रहेको बताइनन ।

अहिले उनलाई स्थानीय सरकार बाट पनि पुष्प खेति गर्नको लागि सहयोग मिलेको बताइन । उनलाई स्थानीय सरकारले पानी सप्लाई गर्नको लागि मोटर दिएको छ ।

उनले त्यहाबाट नेपालगञ्ज देखि कोहलपुर बजार सम्म माला लगेर बेच्ने बताइन ।

देशलाई फूलमा आत्मनिर्भर गराउछौं –अध्यक्ष पाण्डे
भारतबाट आयातित फूल भन्दा आफनै माटोमा फूल उत्पादन गर्ने सोचले प्रदेश ५ सरकारले गत जेठ महिनामा फूल खेती कसरी गर्ने भनेर तालिमको आयोजना गर्यो ।

व्यवसायिक पुष्प खेती तथा बगैंचा ब्यवस्थापन तालिम नाम दिइएको सोही तालिममा सहभागी महिलाहरु समुहनै गठन गरि पुष्पखेती गर्न लागे ।

कम लगानीमा फूल खेती गर्न सकिने भएपछि महिलाहरु फूल खेती तर्फ आकर्षित भएको बताउछनलुम्बिनी पुष्प व्यवसायी संघका जिल्ला अध्यक्ष एवं प्रदेश ५ का संयोजक रमेश पाण्डे ।

तिहारको समयका मात्र प्रदेशमा ५ लाखमाला आवश्यक रहेको अनुमान गरिएको उनले बताए ।आगामी ५ बर्षमा प्रदेश फूलमा आत्मनिर्भर हुने अपेक्षा गरिएको बताउदै अहिले प्रदेशका १२ ओटै जिल्लामा व्यबसायिक पुष्प खेती सुरु गरिएको जानकारी गराए ।

संयोजक पाण्डेले अहिले कृषक समुहहरुलाई प्राबिधिक सहयोग समेत गरिरहेका छन् ।प्रदेश ५ तराई पहाड मिलेर बनेको प्रदेश भएकाले पनि बाह्रै महिना फूल खेती गर्न सकिने संयोजक पाण्डेले बताए ।

प्रदेश सरकारले “व्यावसायिक पुष्प खेती गरौं,आत्मनिर्भर बनौं, आयात होइन निर्यात गरौं,” भन्ने नारा नै तय गरेको छ । यहि नारा अनुसार प्रदेश सरकारले पुष्पखेती गर्नेहरुमा लागी अनुदानसमेत दिने गरेको छ ।

You may also like