बुटवल ।घरदैलोमा पुगेका उम्मेदवारलाइ मतदाताले पहिलेका जनप्रतिनिधिजस्तो नबन्न आग्रह गरेका छन् । जनप्रतिनिधिले चुनाव जितेपछि अनुहार नदेखाएको उनीहरुको आरोप थियो ।रुपन्देहीको तिलोत्तमामा आज गठबन्धनका उम्मेदवारले गरेको घरदैलो तथा मतदाता भेटघाटमा स्थानीयले त्यस्तो गुनासो गरेका हुन्
।तिलोत्तमा ३ की जानकी पौडेलले यसअघिका बिजेताहरु आफुले चुनाव जितेपछि नदेखेको बताउंछिन् । उनले टिभिका समाचारमा मात्रै देखेको भन्दै उनले आफुहरुको दुख सुखमा पनि संगै हुने मेयर उपमेयर चाहिएको बताइन् । यसअघि तिलोत्तममा एमालेले मेयर उपमेयर सहित अधिकांश वडा जितेको थियो । जितेका जनप्रतिनिधि मतदाताकोमा नपुगेपछि उनीहरु थप आक्रोशित देखिएका हुन् ।
आज तिलोत्तमा वडा न ३,७,९,११,१४,१६ र १७ मा गठबन्धनका उम्मेदवारहरु घरघरमा पुगेका थिए ।
सो अबसरमा भएको कोणसभामा मेयरमा तिलोत्तमाका मेयर पदका उम्मेदबार रामकृष्ण खांणले आफुहरु जितको नजिक रहेको बताए ।
देशैभरी पांचदलीय गठबन्धनको माहोल बनेको र जनमत आफुहरुको पक्षमा रहेको समेत उनको दाबि छ ।
उनले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउँदै गठबन्धनका उम्मेद्वारलाई मतदान आग्रह गरेका थिए । उनले आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुहरुलाई जिताएर सेवक बन्ने अवसर दिन आग्रह गरे ।
उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)ले गठबन्धनमा बदर नहुनेगरि मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे ।
स्थानीय तहको निर्बाचनको मिति नजिकिएपछि चुनावी मैदानमा रहेका तिलोत्तमाका उम्मेदवार घरदैलोमा पुगेर जनतामा पीर मर्का र समस्या बुझ्ने कोशिष गरिरहेका छन् ।