प्रतिस्पर्धी जनशक्ति उत्पादनमा अब्बल तिलोत्तमा ः एकै वर्षमा सय बढी विद्यार्थीलाई पूर्ण छात्रबृत्ति

बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको तिलोत्तमा कलेज प्रतिस्पर्धी जनशक्ति उत्पादनमा अब्बल ठहरिएको छ । विज्ञान र व्यवस्थापनमा लुम्बिनी प्रदेशमा नाम उचो बनाएको तिलोत्तमाले काठमाण्डौ उपत्यका भित्रका नामुद क्याम्पसलाई पनि पछि पारेको छ ।

यो वर्ष २५० जनाको लागि लिईएको एमबिबिएस ईन्ट्रान्स (प्रवेश परीक्षा)मा तिलोत्तमा कलेज अध्ययन गरेका १४ जना विद्यार्थीले पूर्ण छात्रबृत्तिमा नाम निकालेका छन् । त्यसमध्ये १२ जना खुल्लामा र बाँकी २ जना आरक्षण कोटाबाट हुन् । त्यसमध्ये पनि खुल्लाबाट नाम निकालेका दुईजना आठौं र नवौं ¥याङ्कमा छन् ।

एमबिबिएस अध्ययनको लागि ईन्ट्रान्समा नाम निकाल्ने लुम्बिनी प्रदेशमा खुल्लाबाट १६ जना छन् । तिलोत्तमा कलेजका उपप्राचार्य नवेन्दु ढकालका अनुसार त्यसमध्ये १२ जना तिलोत्तमाका हुन् ।

त्यस्तैगरी ईजिनियरिङतर्फ तिलोत्तमा अध्ययन गरेका ५० जना बढीले पूर्ण छात्रबृत्तिमा नाम निकालेका छन् । ईञ्जिनियरिङ कलेज पुल्चोक सहित विभिन्न कलेजमा ५० जना बढीले पूर्णछात्रबृत्तिमा नाम निकाल्न सफल भएको तिलोत्तमा क्याम्पसका प्राचार्य प्राध्यापक डा. रामचन्द्र आचार्यले बताउनु भयो ।

त्यसैगरी प्यारामेडिकलमा १४ जना, एजी(एग्रिकल्चर), फरेष्टी, भेटेनरीमा ३६ जनाले पूर्ण छात्रबृत्तिमा नाम निकालेका छन् । त्यस्तै यही वर्ष कक्षा १२ को परीक्षामा पनि तिलोत्तमा कलेजका बिद्यार्थी नेपाल प्रथम भएका थिए ।

 
 
  
 

You may also like