107
काठमाडौं । चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् । चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घण्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ ।
यी संक्रमितहरु सांघाइमै संक्रमण भएर देखिएका बताइएको छ । हाल सांघाइमा मात्र १५ हजार ३१९ जना संक्रमित रहेका छन् । चीनमा पछिल्ला केही समयमा चिनभित्रै संक्रमित भएकाहरुको संख्या बढ्दो देखिएको छ । चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ ।
previous post