154
जुम्ला । जुम्लाको तिला गाउँपालिकाका-३ कुडारी सार्कीवाडा गाउँमा गए राति घरमा आगलागी हुँदा चार बालबालिकाको ज्यान गएको छ ।
तिला गाउँपालिकाका मानसिंह सार्कीको घरमा आगलागी हुँदा उनका दुई छोरी, एक छोरा र भान्जीसहित चार जनाको जलेर ज्यान गएको हो । आगलागीमा परी १४ वर्षीया तुलासा सार्की, ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय दिपेश सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
previous post