औषधी ब्यवसायीहरुको क्षेत्रगत भेला तथा लेखा तालिम सम्पन्न

बुटवल । औषधी ब्यवसायीहरुको क्षेत्रगत खुद्रा भेला एबं कर तथा लेखा सम्बन्धि तालिम सम्पन्न भएको छ । नेपाल औषधि व्यावसायी संघ रुपन्देही जिल्ला शाखाको आयोजनामा योगिकुटी देखी कोटिहवासम्मका ब्यवसायीहरुको भेलालाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेब घिमिरेले उद्घाटन गर्दै ब्यवसायीहरु आफनो हकहितसंग सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने सुझाव दिए । समाज रुपान्तरणको अभियानमा सानासाना सहयोग रकमबाट निक्कै ठुलो परिवर्तन ल्याउन सकिने उदाहरण कोभिडको संक्रमणको सबै क्षेत्रबाट भएको सहयोगलाई लिन सकिने उनले बताए ।

कार्यक्रममा जिल्ला शाखाका अध्यक्ष सुरज भट्टराईले संघको बार्षिक कार्ययोजना अन्तर्गत गत भेला तथा लेखा तालिम सम्पन्न गरेको बताए । व्यावसायिक सम्बन्ध बिस्तार, क्षमता अभिबृद्धि एबम व्यावसायिक समस्याका बिषयमा छलफल गर्ने उदेश्यले कार्यक्रम गरिएको उनले बताए । व्यावसायिहरुले उठाएका समस्याहरु, खर्चको बाडफाड, अनुगमन, न्युट्यास्युटिकल्स तथा खाद्य उत्पादन बिना दर्ता संचालित पसलका समस्या तत्काल संघबाट समाधान गर्ने र बाकी समस्यालाई सरोकारवाला निकायमा पहल गर्ने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागीहरुलाई लेखा प्रशिक्षक सिए प्रमोद पन्थीले लेखा तथा कर सम्बन्धि प्रशिक्षण दिएका थिए । नेपाल औषधी ब्यवसायी महासंघका निबर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, खुद्रा तर्फका संयोजक तथा सचिव नारायण थापा, क्षेत्रगत संयोजक गणेश भट्टराईले व्यावसायलाई अझै मर्यादित बनाउदै सामाजिक उत्तरदायित्वमा समेत अगाडी बढ्नुपर्ने बताए ।

यसैबिच तिलोत्तमा नगरपालिकालाई ब्यवसायीहरुले ५० हजार रकमको पुर्नजलिन पेय (जीवनजल) हस्तान्तरण गरेका छन ।

 
 
  
 

You may also like