बुटवल। नेपाल औषधि ब्यावसायी संघ, रुपन्देही शाखाको विहिबार आयोजना गरेको स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बजार क्षेत्रमा रहेका औषधी ब्यवसायीहरुको संबेदनसिल औषधिजन्य सामानहरु नवनिर्मित ढुवानी ग्रामबाट ओसारपोसार गर्न कठिनाई उत्पन्न भएको भन्दै यसको समाधानमा संस्थागत पहल गर्नुपर्ने सुझाव दिए ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंगै सबैमा मुल्यवृद्घि भएपनि औषधीजन्य सामानमा मूल्य वृद्धि गर्न नमिल्ने हुदा समस्या उत्पन्न भएको उनिहरुले बताए । थोरै दुरि भएपनि ढुवानीको मुल्य बढि भएको गुनासो उनिहरुले गरे । संघका जिल्ला शाखा अध्यक्ष सुरज भट्टराईले विकासको शुरुवाती चरणमा कठिनाई उत्पन्न हुनु स्वाभाविक भएको भन्दै यसलाई सहजिकरण र समाधान गर्नेगरि अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा ढुवानी ब्यवसायी संघ, रुपन्देहीका अध्यक्ष श्यामराज हमालले नगरभित्रका ढुवानी ब्यवसायीलाई एकैठाउमा राख्ने र नगरलाई सौन्दर्यिकरण गर्ने उद्येश्यका साथ ढुवानी ग्राम स्थापना भएको बताए । संस्थाहरुको सहकार्यबाट अगाडि बढ्ने गरि आफुहरु सधै सहकार्यमा तयार रहेको उनले बताए ।
कार्यक्रममा रुपन्देही परिवहन संघका अध्यक्ष कमल घिमिरेले आफुहरु समस्या समाधानका लागि बिकल्प खोज्न तयार रहेको बताए । कार्यक्रममा ढुवानी ब्यवसायी संघ, रुपन्देहीका महासचिव राम प्रसाद गैरेले निर्माणको ढिलाईका कारण एकवर्षपछि संचालनमा आएको ट्रान्सपोर्ट भिलेजमा उत्पन्न भएको समस्यालाई समाधानको पहल थाल्ने बताए ।
नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय उपाध्यक्ष खुद्रा रामप्रसाद खरेल, केन्द्रीय उपाध्यक्ष थोक सुनिल श्रेष्ठ, वरिष्ठ सल्लाहकार रोहितराज क्षेत्री, सल्लाहकार प्रभा भण्डारी, संघका महासचिव पुरुषोत्तम भट्टराई, जिल्ला संयोजक ईन्द्र प्रसाद भट्टराईले औषधी कम्पनीसंग सल्लाह गरि गोदामसम्म पुर्याउने गरि पहल गर्नुपर्ने सुझाव दिए । बुटवल उपमहानगरपालिका वडा नं १२, ढवाहामा स्थापना भएको ढुवानी ग्राममा ४० बढि ब्यवसायीहरु संचालन भएका छन ।
यसैबिच नेपाल औषधि ब्यावसायी संघ, रुपन्देही शाखाले रुपन्देही जिल्ला प्रहरी कार्यालयमा सरुवा भई आएका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीलाई स्वागत तथा सम्मान गरेको छ । संघका अध्यक्ष सुरज भट्टराई, नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय उपाध्यक्ष (थोक) सुनिल श्रेष्ठ, संघका प्रदेश महासचिव लुकराज न्यौपाने, संघका जिल्ला सल्लाहकार जवाहरलाल न्यौपाने, संघका सदस्य केदार नेपालले फुलमाला र मायाको चिनोसहित स्वागत गरेका हुन । सरकारी निकायमा सरुवा भई आएका कर्मचारीहरुलाई स्वागत सम्मान गर्ने प्रचलन गर्ने परम्परा अनुसार कार्यक्रम गरिएको संघका अध्यक्ष सुरज भट्टराईले बताए ।
लुम्बिनी प्रदेशमा रहेका औषधी ब्यवसायीहरुलाई मर्यादित र अनुसासित बनाउन संस्थागत रुपमा लागेको महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले बताए ।
कार्यक्रममा प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले लागू औषधको कारण सुरक्षामा ठूलो चुनौति रहेको भन्दै सिमा क्षेत्रमा लागुऔषधको कारोबार रोक्न आफु लागेको बताए । हाल रुपन्देहीमा १ सय २५ होलसेल औषधी ब्यवसायीहरु रहेका छन ।